२०८३ बैशाख २९ गते मंगलवार
काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४४ सय रुपैयाँले बढेको हो।
आज सुन प्रतितोला ३ लाख २ हजार ९ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
साथै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ३५५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५६ सय ९५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५३ सय ४० रुपैयाँमा कारोबार भएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij