Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

वीरगञ्जको क्यासिनोबाट ६ जना पक्राउ

वीरगञ्जको क्यासिनोबाट ६ जना पक्राउ


  • 1.2K
    Shares

    वीरगञ्जको क्यासिनोबाट ६ जना पक्राउ
    images

    काठमाडौं । वीरगञ्जका विभिन्न ४ वटा क्यासिनोमा प्रवेश गरी जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार ५ भारतीयसहित ६ जना पक्राउ परेका हुन् ।

    पक्राउ पर्नेमा भारतको बिहार घर बताउने २६ वर्षीय गणेशकुमार, ३८ वर्षीय संदीपकुमार, ३१ वर्षीय सुरजप्रसाद, ४३ वर्षीय अल्लाह यादव र ३६ वर्षीय ओमप्रकाश यादव रहेका छन् । पर्साको वीरगञ्ज महानगरपालिका-३२ का ३७ वर्षीय जमुदिन मियाँ अन्सारी पनि पक्राउ परेका छन् ।

    विशेष सूचनाको आधारमा किङ क्यासिना, फर्च्युन सिटी गेमिङ क्लव, क्यासिनो महाजोङ लगायत ठाउँमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिएका छन् ।

     

    प्रकाशित मिति :बैशाख २७ २०८३ आइतवार - १४:१५:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij