Logo

२०८३ बैशाख २७ गते आइतवार

२०८३ बैशाख २७ गते आइतवार

कैलालीको गोदावरीका मेयरले चलाएको गाडी दुर्घटना

कैलालीको गोदावरीका मेयरले चलाएको गाडी दुर्घटना


  • 232
    Shares

    कैलालीको गोदावरीका मेयरले चलाएको गाडी दुर्घटना

    काठमाडौं । कैलालीको गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टले चलाएको सरकारी गाडी दुर्घटना भएको छ । शनिबार राति मोहनापुल अत्तरिया ६ लेन सडकखण्डस्थित धनगढी उपमहानगरपालिकाको गेटामा उनले चलाएको सुपप्र०१००१ झ ६०१ नम्बरको गाडी दुर्घटना भएको प्रहरीले जनाएको हो । 

    गाडी दुर्घटना भएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक रेशम आचार्यले दुर्घटनामा गाडीमा क्षति पुगेपनि मानवीय क्षति भने नभएको बताएका छन् ।

    उनका अनुसार गाडी प्रहरी चौकी कैलाली गाउँमा राखिएको छ । मेयर भट्ट भने सामान्य भएकोले तत्कालै आफन्तसँग घर गइसकेका छन् ।

    मेयर भट्टले गाडी बुझ्न बिहानै प्रहरी चौकीमा चालक अनिल शाहलाई पठाएका थिए । तर, अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले तत्काल गाडी दिएको छैन ।

     

    images
    प्रकाशित मिति :बैशाख २७ २०८३ आइतवार - ११:४७:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij