२०८३ बैशाख २५ गते शुक्रवार
काठमाडौं । काठमाडौंको माईतीघर मण्डला फेरि एकपटक नाराबाजी र आक्रोशले गुञ्जायमान भएको छ । काठमाडौं उपत्यकामा रहेका सुकुम्बासीहरूले आफ्नो हक र अधिकारको माग गर्दै विशेष ¥याली र प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरूले काठमाडौं महानगरपालिका र सरकारको डोजर आतंकको विरोध गर्दै प्रदर्शन गरेका हुन् । उनीहरूले हातमा रित्ता थाल र चम्चा बोकेर आफूहरूलाई भोकमरी र उठिबासको डर रहेको संकेत गरेका छन् । सुकुम्बासी बस्तीहरूमा डोजर चलाएर नागरिकलाई घरबारविहीन बनाउने कार्यको भत्र्सना गर्दै उनीहरूले अधिकारको रक्षाको माग गरेका छन् ।
उनीहरुले समाजवादको नारा डोजरको साहारा, विकासको नाममा विस्थापन बन्द गर, उनीहरुले हिसाव सिक्दैछु ताकि हरेक अन्यायको हिसाव राख्न सकुँ, सुकुम्बासीको रगतले रंगिएको हात कहाँ गएर धुन्छौ ? जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् । सुकुम्बासी जनता सडकमा बालेन चाहीँ महलमा जस्ता नारा लगाएका छन् । विकासको नाममा सुकुम्बासीहरूलाई कुनै विकल्प नदिई बलपूर्वक हटाउनु मानवीय संवेदना विरुद्ध भएको उनीहरूको तर्क थियो ।






© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij