Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

अवैध रूपमा गोरु ओसारपसार गर्दै गरेको दुई जना पक्राउ, २० गोरुको उद्धार

अवैध रूपमा गोरु ओसारपसार गर्दै गरेको दुई जना पक्राउ, २० गोरुको उद्धार


  • 1.2K
    Shares

    अवैध रूपमा गोरु ओसारपसार गर्दै गरेको दुई जना पक्राउ, २० गोरुको उद्धार
    images

    कपिलवस्तु । कपिलवस्तु प्रहरीले अवैध रूपमा गोरु ओसारपसार गर्दै गरेको एउटा ट्रकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

    जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार शिवराज नगरपालिका–१ क्षेत्रमा वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्गमा चेकजाँचका क्रममा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना १ ख २३६४ नम्बरको ट्रकलाई रोकेको थियो ।

    जाँचका क्रममा ट्रकमा लुकाइछिपाइ अवैध रूपमा ल्याइएका २० वटा गोरु फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले ट्रक चालक मोरङको बुढीगंगा गाउँपालिका–२ बस्ने ३५ वर्षीय विजयकुमार महतो र ट्रकमा सवार झापा मेचीनगर नगरपालिका–११ का ३७ वर्षीय खड्गबहादुर दाहाललाई नियन्त्रणमा लिएको छ ।

    उनीहरूलाई पशुपक्षी सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत कपिलवस्तुबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    उद्धार गरिएका २० वटा गोरुलाई कपिलवस्तुको शिवराज नगरपालिका–१ स्थित विजयनगरमा रहेको पशु संरक्षण संस्था नेपालमा संरक्षणका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख २५ २०८३ शुक्रवार - ०८:४६:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij