Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सरकारी जग्गा खाली गर्न सरकारको अल्टिमेटम, एमालेको केन्द्रीय कार्यालय संकटमा

सरकारी जग्गा खाली गर्न सरकारको अल्टिमेटम, एमालेको केन्द्रीय कार्यालय संकटमा


  • 2.1K
    Shares

    सरकारी जग्गा खाली गर्न सरकारको अल्टिमेटम, एमालेको केन्द्रीय कार्यालय संकटमा
    images

    काठमाडौं । सरकारले भोगाधिकार पाएर पनि समयमै लिज सम्झौता नगरिएका सरकारी जग्गा र त्यसमा बनेका संरचना तत्काल खाली गर्न सार्वजनिक सूचना जारी गरेको छ । 

    बुधवार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले परिपत्र गर्दै सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति बमोजिम २०७९ पुस २३ गतेसम्म लिज सम्झौता नगरेका जग्गाहरू तत्काल खाली गर्न भनेको हो ।

    सरकारले प्रकाशित गरेको सूचनाले नेकपा एमालेको पार्टी मुख्यालय धरापमा पर्ने देखिएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा सञ्चालित एमाले पार्टी कार्यालय सार्नुपर्ने अवस्था देखिएको छ । 

    १२ रोपनी ६ आना क्षेत्रफलमा फैलिएको उक्त जग्गा २०५८ सालमा तत्कालीन मन्त्रिपरिषद्को निर्णयबाट प्रतिष्ठानलाई भोगाधिकार गर्न दिने निर्णय गरेको थियो । 

    तर, प्रतिष्ठानले कार्यनीति बमोजिम तोकिएको समयभित्र लिज सम्झौता भने गरेको छैन । मन्त्रालयको पछिल्लो सूचनाअनुसार लिजमा परिणत नभएका कारण प्रतिष्ठानको भोगाधिकार स्वतः समाप्त भइसकेको छ र उक्त जग्गा तथा त्यसमा बनेको भवन तत्काल खाली गर्नुपर्ने हुन्छ ।

    २०७२ सालको भूकम्पले बल्खुस्थित मुख्यालय भत्काएपछि भारतीय दूतावास तीन ठाउँमा सरिसकेको छ । सुरुमा धुम्बाराही गएको एमाले पछि थापाथलीस्थित मोतीलाल दुगडको घरमा सरेको थियो । अहिले एमालेले कीर्तिपुरस्थित मीनबहादुर गुरुङले दिएको जग्गामा भवन निर्माणको तयारी गरे पनि विवाद भएपछि यो प्रक्रिया समेत रोकिएको छ ।

    capture_wHKlc6ZM2I.png 

    प्रकाशित मिति :बैशाख २४ २०८३ बिहिवार - १८:०५:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij