Logo

२०८३ बैशाख २४ गते बिहिवार

२०८३ बैशाख २४ गते बिहिवार

हिरासतबाट छुटेका व्यक्ति नै कीर्तिपुर हत्या प्रकरणमा तानिए

हिरासतबाट छुटेका व्यक्ति नै कीर्तिपुर हत्या प्रकरणमा तानिए


  • 834
    Shares

    हिरासतबाट छुटेका व्यक्ति नै कीर्तिपुर हत्या प्रकरणमा तानिए

    काठमाडौं । कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या भएको घटनामा हिरासतबाट छुटेका व्यक्तिको समेत संलग्नता रहेको खुलेको छ ।

    कीर्तिपुर नगरपालिका-१० पोडेटोलमा बुधबार दिउँसो साढे २ बजेतिर २४ वर्षीय विपिन घिमिरेमाथि धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।

    हतियार प्रहारपछि उनी भुईंमै ढलेका थिए । कीर्तिपुर अस्पताल पुर्‍याइएकोमा चिकित्कसले उनलाई मृत घोषणा गरेका थिए । यो घटनामा अनुसन्धानका लागि तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    आक्रमण गर्ने र मृत्यु हुने साथी-साथी रहेको प्रहरीको भनाइ छ । उनीहरूबीच विवाद बढेपछि धारिलो हतियार प्रहार गरेर हत्या गरिएको थियो ।

    प्रारम्भिक अनुसन्धानको क्रममा घटनास्थलमा ६ जनाको समूह देखिन्छ । तीमध्ये एक जना (विपिन) को हत्या हुन्छ । घटनास्थलमा हुनेहरूमा केही दिनअघि मात्रै हिरासतबाट छुटेका व्यक्ति समेत देखिएको प्रहरीले बताएको छ । व्यक्ति पक्राउ पर्न बाँकी नै रहेकाले प्रहरीले उनीहरूको विवरण भने सार्वजनिक गरेको छैन ।

    प्रहरीले हत्यामा संलग्न हुनेहरुको भने पहिचान भइसकेको बताएको छ । उनीहरुको नाम ठेगाना सबै विवरणहरू पत्ता लागिसेकेको प्रहरीको भनाइ छ । मुख्य अभियुक्तहरू पक्राउ नगरेकाले हत्याको कारण पनि यकिन हुन बाँकी रहेको प्रहरीको भनाइ छ ।

    images
    प्रकाशित मिति :बैशाख २४ २०८३ बिहिवार - १४:२४:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij