Logo

२०८३ बैशाख २४ गते बिहिवार

२०८३ बैशाख २४ गते बिहिवार

सर्लाहीमा बसको ठक्करबाट एक जनाको मृत्यु

सर्लाहीमा बसको ठक्करबाट एक जनाको मृत्यु


  • 337
    Shares

    सर्लाहीमा बसको ठक्करबाट एक जनाको मृत्यु

    काठमाडौं । सर्लाहीको हरिपुर्वा नगरपालिका-९ खिला नजिक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको गौशाला नगरपालिका-१२ कान्तिबजार निवासी पप्पु भनेर चिनिने ३६ वर्षीय श्याम ठाकुर रहेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार विहीबार बिहान ग १ ख ९४६७ नम्बरको बसले ना ४८ प ४७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

    दुर्घटनामा गम्भीर घाइते भएका ठाकुरलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो । अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिएका छन् ।

    प्रहरीले दुर्घटनामा संलग्न बस र बसधनी पर्सा गाउँपालिका-२ का २७ वर्षीय मानिष कुमार महतोलाई नियन्त्रणमा लिएको जनाएको छ ।  

    images
    प्रकाशित मिति :बैशाख २४ २०८३ बिहिवार - १४:१४:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij