२०८३ बैशाख २४ गते बिहिवार
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव मोहम्मद गोलाम सरवारले भेटवार्ता गरेका छन्।
बिहीबार परराष्ट्र मन्त्रालयमा मन्त्री खनाल र महासचिव सरवारबीच भेटवार्ता भएको हो।
भेटवार्ताको क्रममा क्षेत्रीय सहयोग सुदृढ तुल्याउनेबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij