Logo

२०८३ बैशाख २४ गते बिहिवार

२०८३ बैशाख २४ गते बिहिवार

बंगुर फार्ममा युवकको हत्या गर्ने राई पक्राउ

बंगुर फार्ममा युवकको हत्या गर्ने राई पक्राउ


  • 610
    Shares

    बंगुर फार्ममा युवकको हत्या गर्ने राई पक्राउ

    काठमाडौं । टोखा नगरपालिका-४ बिष्णुमति पुलस्थित एक बंगुर फार्मभित्र युवकको हत्या गरेको घटनामा दोषी ठहर भएका व्यक्ति पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा खोटाङ घर भई काभ्रेको पाँचखाल नगरपालिका–७ शिखरपुरमा बस्ने ४३ वर्षीय धिरज भन्ने मोतिधन राई रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शिखरपुरबाट पक्राउ गरेको हो ।

    ३ भदौ २०७५ मा बंगुर फार्मभित्र छत्तर राई भन्ने छत्र सिंह राईको हत्या धिरजले गरेका थिए । बाँसको भाटाले हानेर उनले हत्या गरेको कसुरमा काठमाडौं जिल्ला अदालतले १ असोज २०७६ मा धिरजलाई २५ वर्ष कैदको फैसला सुनाएको थियो ।

    जेनजी आन्दोलनको क्रममा उनी फरार भएका थिए । पक्राउ परेका उनलाई कारागार पठाइएको प्रहरीले बताएको छ ।

     

    images
    प्रकाशित मिति :बैशाख २४ २०८३ बिहिवार - १३:२०:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij