Logo

२०८३ बैशाख २४ गते बिहिवार

२०८३ बैशाख २४ गते बिहिवार

करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर एक जनाको मृत्यु


  • 631
    Shares

    करेन्ट लागेर एक जनाको मृत्यु

    काठमाडौं ।  चुँडिएर जमिनमा झरेको विधुतको तारबाट करेन्ट लाग्दा खोटाङमा एकको मृत्यु भएको छ ।

    चुँडिएर जमिनमा झरेको विद्युतको तार छुन पुग्दा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका ४३ वर्षीय आनन्द राईको मृत्यु भएको हो । मल बोक्न गएकोबेला चुँडिएर जमिनमा झरेको तार छुँदा राईको घट्नास्थलमै मृत्यु भएको बतासेका वडाध्यक्ष बबेन्द्र राईले बताए ।

    राईले नेपाल विद्युत प्राधिकरणका प्राविधिकको सल्लाहमा बेलाबेलामा ट्रान्समिटरको फ्युँज फेर्ने काम गर्दैआएका थिए । वैशाख २२ गते भने विद्युतको तार छिनेर भुईं‌मा झरेको देखेर चेक गर्नेक्रममा राईलाई करेन्ट लागेको वडाध्यक्ष राईले बताए । विद्युतको तार हावाहुरीले चुँडाएर जमिनमा झारेको अनुमान गरिएको छ ।

    शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल लैजाने तयारी भइरहेको छ । मृतकको तीन छोरा र एक छोरी छन् ।

    images
    प्रकाशित मिति :बैशाख २४ २०८३ बिहिवार - १०:०९:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij