Logo

२०८३ बैशाख २४ गते बिहिवार

२०८३ बैशाख २४ गते बिहिवार

हेर्नुहोस् तरकारी तथा फलफूलहरूको आजको मूल्यसूची

हेर्नुहोस् तरकारी तथा फलफूलहरूको आजको मूल्यसूची


  • 316
    Shares

    हेर्नुहोस् तरकारी तथा फलफूलहरूको आजको मूल्यसूची

    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

    कालीमाटीमा आज बोडी, ब्रोकाउली, भन्टासहितका तरकारीको भाउ बढेको छ। तर, काउलीसहित केही तरकारीको मूल्य भने घटेको छ। कतिपय तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।

    कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ९०, सानो लोकल गोलभेँडा ५८, रातो आलु २४, भारतीय आलु २२, भारतीय सुकेको प्याज ४०, तराईको गाँजर ३४, लोकल बन्दा ३३, स्थानीय काउली ४५, लाम्चो भन्टा ५९, डल्ले भन्टा ७०, हाइब्रिड मुला १७ रुपैयाँ प्रतिकिलो छ।

    त्यसैगरि तनेबोडी ११०, लौका ५१, घिरौँला ६८, लोकल परबल ७५, हरियो डल्ले फर्सी ३९, पाकेको फर्सी ५५, कन्य च्याउ २४८, डल्ले च्याउ ३७५, कुरिलो ४५०, न्यूरो ९०, ब्रोकाउली १०० रुपैयाँ प्रतिकिलो छ।

    कालीमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ९०, सानो लोकल गोलभेँडा ५६, रातो आलु २४, भारतीय आलु २३, भारतीय सुकेको प्याज ३९, तराईको गाँजर ३०, लोकल बन्दा ३४, स्थानीय काउली ६०, लाम्चो भन्टा ५०, डल्ले भन्टा ६५, हाइब्रिड मुला १७ रुपैयाँ प्रतिकिलो थियो।

    त्यसैगरि तनेबोडी ८५, लौका ४५, घिरौँला ५५, लोकल परबल ७५, हरियो डल्ले फर्सी ३९, पाकेको फर्सी ५७, कन्य च्याउ २२२, डल्ले च्याउ ३७५, कुरिलो ४५०, न्यूरो ९०, ब्रोकाउली ९२ रुपैयाँ प्रतिकिलो थियो।

    हेर्नुहोस् तरकारी तथा फलफूलहरूको आजको मूल्यसूची

     

    images
    प्रकाशित मिति :बैशाख २४ २०८३ बिहिवार - ०९:५८:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij