२०८३ बैशाख २३ गते बुधवार
काठमाडौं । कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या भएको छ । कीर्तिपुर नगरपालिका-१० बोडेटोलमा युवकको हत्या भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, विपिन घिमिरेमाथि दिउँसो साढे २ बजेको समयमा धारिलो हतियार प्रहार भएको थियो ।
गम्भीर घाइते भएका उनलाई उद्धार गरेर कीर्तिपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । प्रहरीका अनुसार साथी–साथीबीच झगडा हुँदा हतियार प्रहार भएको थियो ।
हतियार प्रहार गर्नेको पहिचान भइसकेको र छिट्टै पक्राउ पर्ने एसपी भट्टराईले बताएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij