Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

एक्सेल डेभलपमेन्ट बैंकले माग्यो कर्मचारी

एक्सेल डेभलपमेन्ट बैंकले माग्यो कर्मचारी


  • 2.4K
    Shares

    एक्सेल डेभलपमेन्ट बैंकले माग्यो कर्मचारी
    images

    काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर खुलेको छ ।  बैंकले गोल्ड टेस्टर पदका लागि कर्मचारी माग गरेको हो । 

    बैंकले विराटनगर, बेलबारी, फिदिम र खाँदबारी शाखाका लागि गरी कुल ४ जना गोल्ड टेस्टर माग गरेको बताएको छ । उक्त पदका लागि न्यूनतम शैक्षिक योग्यता एसइइ उत्तीर्ण तोकिएको छ। 

    साथै सुन तथा गहना मूल्याङ्कन वा सम्बन्धित प्राविधिक तालिम प्राप्त गरेका उम्मेदवारलाई प्राथमिकता दिइनेछ भने बैंक तथा वित्तीय संस्था वा सुन व्यवसायिक प्रतिष्ठानमा गोल्ड टेस्टरका रूपमा कम्तीमा २ वर्षको अनुभव अनिवार्य गरिएको छ।

    इच्छुक तथा योग्य पुगेको उम्मेदवारले आफ्नो आवेदनपत्रसहित अद्यावधिक बायोडाटा, हालसालै खिचिएको पासपोर्ट साइज फोटो, नागरिकता प्रमाणपत्र, अनुभव प्रमाणपत्र र शैक्षिक योग्यताका प्रमाणपत्रको प्रतिलिपि संलग्न गरी जेठ ६ गतेभित्र आवेदन दिनुपर्नेछ ।

    689467208_996261832863871_3265033306919154218_n.jpg

     

    प्रकाशित मिति :बैशाख २३ २०८३ बुधवार - १६:१४:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij