Logo

२०८३ बैशाख २३ गते बुधवार

२०८३ बैशाख २३ गते बुधवार

ट्रम्पको संकेतसँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा लगातार दोस्रो दिन गिरावट

ट्रम्पको संकेतसँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा लगातार दोस्रो दिन गिरावट


  • 218
    Shares

    ट्रम्पको संकेतसँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा लगातार दोस्रो दिन गिरावट

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि सम्भावित शान्ति सम्झौता हुन सक्ने संकेत गरेसँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा लगातार दोस्रो दिन पनि गिरावट आएको छ। मध्यपूर्वी क्षेत्रबाट तेलको आपूर्ति पुनः सुचारु हुने अपेक्षाका बिच बुधबार तेलको मूल्य ओरालो लागेको हो। 

    बुधबार जुलाईका लागि ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल १.५२ डलर अर्थात् १.३८ प्रतिशतले घटेर १०८.३५ डलर कायम भएको छ।अघिल्लो कारोबार सत्रमा यसको मूल्यमा ४ प्रतिशतको गिरावट आएको थियो। त्यस्तै, अमेरिकी बेन्चमार्क वेस्ट टेक्सस इन्टरमिडिएटको जुन महिनाको मूल्य पनि १.५० डलर अर्थात् १.४७ प्रतिशतले घटेर प्रति ब्यारेल १००.७७ डलरमा झरेको छ।

    राष्ट्रपति ट्रम्पले मंगलबार साँझ अप्रत्याशित रूपमा स्ट्रेट अफ होर्मुजबाट फसेका जहाजहरूलाई सुरक्षित बाहिर निकाल्ने सैन्य अभियान ‘प्रोजेक्ट फ्रिडम’ लाई केही समयका लागि रोक्ने घोषणा गरेका थिए। इरानसँग विस्तृत सम्झौताका लागि ठोस प्रगति भएको दाबी गर्दै उनले यो कदम चालेका हुन्, यद्यपि सम्झौताको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।

    विश्वको कुल तेल र प्राकृतिक ग्याँस आपूर्तिको झन्डै पाँचौँ हिस्सा ओगट्ने स्ट्रेट अफ होर्मुज जलमार्ग गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेदेखि नै ठप्प प्रायः बनेको छ। यसरी विश्व बजारमा आपूर्ति बन्द हुँदा तेलको मूल्यमा तीव्र वृद्धि भएको थियो, जसका कारण गत हप्ता ब्रेन्ट क्रुडको मूल्य सन् २०२२ को मार्चपछिकै उच्च विन्दुमा पुगेको थियो।

    सामाजिक सञ्जालमा निर्णय सार्वजनिक गर्दै ट्रम्पले लेखेका छन्, ‘हामीले आपसी सहमतिमा नाकाबन्दी पूर्ण रूपमा लागू रहने गरी सम्झौता फाइनल र हस्ताक्षर हुन सक्छ कि सक्दैन भनेर हेर्नका लागि प्रोजेक्ट फ्रिडमलाई छोटो समयका लागि रोक्ने निर्णय गरेका छौँ।’

     

    images
    प्रकाशित मिति :बैशाख २३ २०८३ बुधवार - १०:४३:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij