Logo

२०८३ बैशाख २२ गते मंगलवार

२०८३ बैशाख २२ गते मंगलवार

‘फ्री भिसा, फ्री टिकट’ का नाममा ठगी धन्दा

‘फ्री भिसा, फ्री टिकट’ का नाममा ठगी धन्दा


  • 337
    Shares

    ‘फ्री भिसा, फ्री टिकट’ का नाममा ठगी धन्दा

    काठमाडौँ । वैदेशिक रोजगारीका लागि मलेसिया पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । ‘फ्री भिसा, फ्री टिकट’ मा मलेसिया पठाउने भन्दै रकम ठगी गर्ने ४१ वर्षिया रन्जु कुमारी शाह र ३८ वर्षीय माइती माया थोकर पक्राउ परेका हुन् ।

    उनीहरुले फ्री भिसा, फ्री टिकटमा मलेसिया लैजाने भन्दै पीडितहरूसँग स्वास्थ्य परीक्षण तथा प्रहरी रिपोर्टका लागि १५२ जनाबाट प्रतिव्यक्ति १२ हजारका दरले रकम र सक्कल राहदानी संकलन गरी सम्पर्क विहीन भएका थिए ।

    फ्री भिसा, फ्री टिकटु मा मलेसिया पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । बेरोजगार युवा युवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर विदेश पठाउने भन्दै रकम उठाएर विदेश नपठाएको भन्दै पीडितले उजुरी दिएका थिए । सोहि उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

    उनीहरुले १५२ जना बाट रकम उठाएको पाइएको छ भने हालसम्म ३५ जना पीडित सम्पर्कमा आएका छन् ।

    images
    प्रकाशित मिति :बैशाख २२ २०८३ मंगलवार - १५:५०:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij