Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

७६ हजार बचतकर्ताको ४६ अर्ब बचत फिर्ता गर्न बाँकी

७६ हजार बचतकर्ताको ४६ अर्ब बचत फिर्ता गर्न बाँकी


  • 1.4K
    Shares

    ७६ हजार बचतकर्ताको ४६ अर्ब बचत फिर्ता गर्न बाँकी
    images

    काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ७६ हजार बचतकर्ताहरुको करिब ४६ अर्ब बचत फिर्ता बाँकी रहेको जनाएको छ। समितिले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै समस्याग्रस्त सहकारीहरूमा ७६ हजार बचतकर्ताहरुको करिब ४६ अर्ब बचत फिर्ता बाँकी रहेको जनाएको हो।

    समस्याग्रस्त घोषित सहकारीहरूको विविध समस्याको पहिचान, समाधान र व्यवस्थापनका लागि समिति प्रतिबद्ध रहेको समितिका सदस्य सचिव रविन ढकालले जानकारी दिएका छन् ।

    निरन्तर ऋण असुली र बचत मिलानको कार्य गरिनुका साथै आन्तरिक कार्यव्यवस्थामा पुनःसंरचना, विभिन्न सरोकारवालाहरुसँग छलफल, कार्ययोजना निर्माण कार्यमा समिति निरन्तर क्रियाशील रहको विज्ञप्तिमा उल्लेख छ। आगामी जेठको पहिलो हप्तादेखि मागदाबीकर्ता बचतकर्ताहरुको बचत फिर्ता गर्ने कार्य सुरु हुने छ।

    अहिलेसम्म समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको खातामा ३५ करोड जम्ममा भइसकेको समितिले जनाएको छ। समितिको कार्यसम्पादन योजना र कार्यशैलीप्रति बचतकर्ताहरुलाई जानकारी गराउन र कर्जा भुक्तानीतर्फ ऋणीहरुको ध्यानाकर्षण तथा खबरदारी गर्न समितिको कार्ययोजना समेत सावर्जनिक गरिएको छ । 

    प्रकाशित मिति :बैशाख २२ २०८३ मंगलवार - १५:५८:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij