Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

दिउँसै पेस्तोल देखाएर चाँदी पसल लुटपाटको प्रयास, लुटेरा खोज्दै प्रहरी

दिउँसै पेस्तोल देखाएर चाँदी पसल लुटपाटको प्रयास, लुटेरा खोज्दै प्रहरी


  • 1.6K
    Shares

    दिउँसै पेस्तोल देखाएर चाँदी पसल लुटपाटको प्रयास, लुटेरा खोज्दै प्रहरी
    images

    काठमाडौं । काठमाडौँको भेडासिंह स्थित एउटा चाँदी पसलमा लुटेराहरूले लुटपाटको प्रयास गरेका छन् । वैशाख १७ मा चाँदी पसलमा प्रवेश गरेर पसल सञ्चालिकालाई पेस्तोल देखाएर दुई जना लुटेराले लुट्ने प्रयास गरेका हुन् ।

    पसलको सिसिटिभी फुजेटमा लुटेराले सटर लगाएर लुट्न खोजे पनि पसलमा बस्ने युवतीले प्रतिकार गरेकी छन् । सुरुमा लुटेरा र युवतीबिच हातपातको अवस्था हुन्छ । युवतीले कुर्सी उचालेर प्रहार गरेपछि सटर खोलेर लुटेरा भगेको देखिन्छ ।

    सुरुमा एकजना युवक छिरेर पेस्तोल देखाउँछन् । पसलमा बस्ने युवती मोबाइल चलाएर बसेकी हुन्छिन् । अर्का युवक पसलमा प्रवेश गरेपछि दुई जनाले आक्रमण गर्छन् । तर, प्रतिकार गरेर युवतीले लुटेरालाई भगाउँछिन् । पसलमा बस्ने युवतीको प्रतिकारको कारण लुटपाट हुन नपाएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताएका छन् । लुटमा संलग्नहरूबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    वैशाख १७ मा दिउँसो २ बजे भएको सो घटनाको सिसिटिभी फुटेज सामाजिक सञ्जालमा भाइरल भएको छ । लुटपाट गर्न खोज्नेहरूको पहिचान गर्ने प्रयास भइरहेको एसपी भट्टराईले जानकारी दिएका छन् ।

    चार महिनाअघि न्युरोड क्षेत्रमा लुटेराहरूले ४ लाख नगद र ३ वटा मोबाइल लुटेका थिए । लुटिएका मोबाइल मध्ये दुईवटा आइफोन थियो । सोही समूहले चाँदी पसल लुटपाट गर्न खोजेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् ।  

     

    प्रकाशित मिति :बैशाख २२ २०८३ मंगलवार - १४:५१:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij