Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

स्मार्ट टेलिकमको सर्वेश जोशी पक्राउ

स्मार्ट टेलिकमको सर्वेश जोशी पक्राउ


  • 1.2K
    Shares

    स्मार्ट टेलिकमको सर्वेश जोशी पक्राउ
    images

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले समयमा नै नवीकरण गर्न नसकेको कारण इजाजतपत्र खारेजी गरिदिएको स्मार्ट टेलिकमको सर्वेश जोशी पक्राउ परेका छन । नेपाल दूरसञ्चार प्राधिकरणको नियन्त्रणमा रहेको स्मार्ट टेलिकम प्रालिको सम्पत्ति हिनामिना गरेको र सरकारलाई नोक्सानी पुर्‍याएको आरोपमा जोशी पक्राउ परेका हुन।

    ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न रहेको भन्दै प्रहरीले उनलाई काठमाडौंको खुर्सानीटारबाट पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठले बताएका छन् ।

    स्मार्ट टेलिकम प्रालिले २०७० वैशाख २ गते दूरसञ्चार सेवा सञ्चालनका लागि आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र प्राप्त गरेको थियो। तर, नियमानुसार अनुमतिपत्र नवीकरण नगरेपछि दूरसञ्चार ऐन, २०५३ को दफा २५ (५) बमोजिम २०८० वैशाख ३ गतेदेखि उक्त अनुमतिपत्र स्वतः रद्द भएको थियो।

    सरकारी सम्पत्ति हिनामिना गरी ठगी र आपराधिक विश्वासघात गरेको देखिएकाले जोशीलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले उल्लेख गरेको छ। हाल जोशीलाई हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाइएको पनिसीआईबीले जानकारी दिएको छ ।  

    image-35.png

    प्रकाशित मिति :बैशाख २२ २०८३ मंगलवार - ११:५५:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij