Logo

२०८३ बैशाख २२ गते मंगलवार

२०८३ बैशाख २२ गते मंगलवार

नेपाल उद्योग वाणिज्य महासंघको चुनावी चहलपहल

नेपाल उद्योग वाणिज्य महासंघको चुनावी चहलपहल


  • 295
    Shares

    नेपाल उद्योग वाणिज्य महासंघको चुनावी चहलपहल

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै छ। कमलादीस्थित प्रज्ञा भवनमा अहिले चहलपहल बढेको छ । 

    विधानअनुसार वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नेछन् भने उपाध्यक्ष र कार्यकारिणी सदस्यका लागि मतदान हुन लागेको हो।

    निर्वाचनमा अञ्जन श्रेष्ठ समर्थित समूह र उपाध्यक्ष हेमराज ढकाल नेतृत्वको समूहबिच प्रतिस्पर्धा छ। दुवै पक्षले उपाध्यक्ष र कार्यकारिणी सदस्य पदका लागि आफ्ना उम्मेदवार अघि सारेका छन्।

    महासंघको ७३ पदका लागि १३७ व्यवसायी उम्मेदवार छन्। मतदान बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म कमलादीस्थित प्रज्ञा भवनमा हुनेछ र त्यसपछि मतगणना गरिनेछ।

    FNCCI.jpg

    FNCCI-2.jpg

    FNCCI4.jpg

    images
    प्रकाशित मिति :बैशाख २२ २०८३ मंगलवार - १०:४३:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij