Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

आर्थिक वृद्धिबाहेकका अर्थतन्त्रका अन्य परिसूचक सकारात्मक : अर्थमन्त्री पौडेल

आर्थिक वृद्धिबाहेकका अर्थतन्त्रका अन्य परिसूचक सकारात्मक : अर्थमन्त्री पौडेल


  • 8.5K
    Shares

    • images
    आर्थिक वृद्धिबाहेकका अर्थतन्त्रका अन्य परिसूचक सकारात्मक : अर्थमन्त्री पौडेल
    images

    काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले चालु आर्थिक वर्षका लागि प्रक्षेपण गरिएको आर्थिक वृद्धिको लक्ष्य प्राप्त गर्न कठिनाइ हुने बताउनुभएको छ ।

    सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आर्थिक सर्वेक्षण २०७७÷७८ सार्वजनिक गर्दै उहाँले कोभिड–१९ कारण अर्थतन्त्रमा आएको सुस्तताले वृद्धिको लक्ष्य भेट्न मुस्किल भएको बताउनुभएको हो ।

    केन्द्रीय तथ्याङ्क विभागले चालु आवको आर्थिक वृद्धिदर ४।०१ हुने बताएको थियो । उहाँले आर्थिक वृद्धिदरबाहेकका अर्थतन्त्रका अन्य परिसूचक भने सकारात्मक रहेको जानकारी दिनुभयो । 

    यस्तै राष्ट्रिय आय एक हजार १९६ अमेरिकी डलर पुगेको समेत अर्थमन्त्री पौडेलले उल्लेख गर्नुभयो । त्यसैगरी राष्ट्रिय खर्च योग्य आम्दानी एक हजार ४८६ डलर पुगेको छ । मुद्रास्फीति नियन्त्रणमा रहेको र विप्रेषण आप्रवाह ८।६ प्रतिशतले बढेको छ । आयात–निर्यातको अवस्था सन्तुलनमा रहेको छ ।

    सो अवसरमा  अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले निषेधाज्ञाअघिसम्म अर्थतन्त्रको वृद्धिदरले विगतको भन्दा राम्रो भए पनि पछिल्लो दिनको कोरोनाको दोस्रो लहरका कारण समस्या पैदा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “चालु आवको बजेटको मध्यावधि समीक्षामा करीब पाँच प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेका थियौँ, तर कोरोना नियन्त्रणका लागि निषेधाज्ञा लगाउनुपर्दा अर्थतन्त्रमा सङ्कुचन आएको छ ।” रासस

    प्रकाशित मिति :जेठ १४ २०७८ शुक्रवार - १६:०६:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij