२०८३ बैशाख २१ गते सोमवार
काठमाडौं । भक्तपुरको भक्तपुर नगरपालिका-५ स्थित आदर्शमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ४३ वर्षीय भारतीय नागरिक विसुनदेव सहनी रहेका छन् ।
सोमबार बा।४ ख ३१५६ नम्बरको टिपरको ठक्करबाट उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
टिपर चालक काभ्रेपलान्चोकको मण्डनदेउपुर नगरपालिका-१० ज्यामिरे घर भएर बनेपा बस्ने ३६ वर्षीय श्यामकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे प्रहरी वृत्त जगातीले अनुसन्धान गरिरहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij