२०८३ बैशाख २१ गते सोमवार
काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रीले चालु आर्थिक वर्ष २०८२\८३ को तेस्रो त्रैमास (साउन-चैत) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।
सार्वजनिक विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा १५ करोड ८६ लाख रुपैयाँ घाटा व्यहोरेको छ।अघिल्लो वर्षको चैतसम्म कम्पनीले ५५ करोड ४३ लाख रुपैयाँ घाटा खाएको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको घाटा घटेको छ।
चुक्तापुँजी ५ अर्ब २ करोड ४४ लाख रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङमा ७९ करोड ३२ लाख रुपैयाँ र शेयर प्रिमियममा २ अर्ब ६५ करोड ८४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष कम्पनीको रिटेन्ट अर्निङमा १ अर्ब ४८ करोड ८७ लाख रुपैयाँ र शेयर प्रिमियममा २ अर्ब ६५ करोड ८४ लाख रुपैयाँ रहेको थियो।
कम्पनीले उत्पादन बिक्री गरेर ३ अर्ब ५५ करोड ११ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको आम्दानी ०।७० प्रतिशतले बढेको छ।
कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी ३.१६ प्रतिशत ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १६८.९९ रुपैयाँ रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij