Logo

२०८३ बैशाख २१ गते सोमवार

२०८३ बैशाख २१ गते सोमवार

बङ्गलामुखी मन्दिरमा ‘आबाट आमा-२’ को शुभ मुहूर्त

बङ्गलामुखी मन्दिरमा ‘आबाट आमा-२’ को शुभ मुहूर्त


  • 337
    Shares

    बङ्गलामुखी मन्दिरमा ‘आबाट आमा-२’ को शुभ मुहूर्त

    काठमाडौं । चन्द्र पन्तको निर्देशन रहने फिल्म ‘आबाट आमा २’ को शुभ मुहूर्त गरिएको छ । सोमबार बिहान निर्माण टिमले पाटनको बङ्गलामुखी मन्दिरमा कलाकार र प्राविधिकको उपस्थितिमा फिल्मको शुभ मुहूर्त गरेको हो ।

    हिट फिल्म ‘आबाट आमा’ कै सिक्वेलको रूपमा निर्माण हुन लागेको यो फिल्ममा कलाकार विपना थापा, पल शाह, प्रदीप रावत, गजित विष्ट, आकाश श्रेष्ठ, नरेन खड्का लगायतको कलाकारको अभिनय रहने छ ।

    निर्देशक पन्तले उक्त फिल्मको छायाङ्कनको समय तालिका केहि दिनमा नै टुङ्गो लाग्ने बताएका छन् । निर्माण टिमले एक महिना अघिबाट नै यो फिल्म आगामी दसैँमा प्रदर्शनमा ल्याउने जानकारी दिएको थियो ।

    यस फिल्मको वितरण आरआर फिल्मसले गर्दैछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ । फिल्म आर्या इन्टरटेन्टमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने लागेको छ ।

     

    images
    प्रकाशित मिति :बैशाख २१ २०८३ सोमवार - ११:४२:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij