Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

परराष्ट्रमन्त्री खनाल र अमेरिकी विशेष दूत गोरबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र अमेरिकी विशेष दूत गोरबीच भेटवार्ता


  • 708
    Shares

    परराष्ट्रमन्त्री खनाल र अमेरिकी विशेष दूत गोरबीच भेटवार्ता

    काठमाडौं । अमेरिकी दक्षिण तथा मध्य एसियाका लागि विशेष दूत सर्जियो गोरले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

    परराष्ट्र मन्त्रालयमा भएको भेटको क्रममा नेपाल-अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । छलफलमा लगानी र व्यापार प्रवर्द्धनमा विशेष जोड दिँदै द्विपक्षीय सहकार्य विस्तार गर्नेबारे पनि कुरा भएको जनाएको छ । 

    गोरले आजै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग भेटवार्ता गरेका छन् । भेटमा नेपाल र अमेरिका बिचको आर्थिक साझेदारी र विकास सहायताका विविध विषयमा छलफल भएको थियो। 

    गोरले प्रधान सेनापति र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पनि भेट्ने कार्यतालिका रहेको छ ।  

    images
    प्रकाशित मिति :बैशाख १८ २०८३ शुक्रवार - १७:०४:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij