२०८३ बैशाख १८ गते शुक्रवार
काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल आज अवकाशमा जाँदै छन् । आईजीको चार वर्षे सेवा अवधि पूरा गरेर अर्याल आज अवकाशमा जान लागेका हुन् ।
अर्यालले २०७९ वैशाख १९ देखि सशस्त्र प्रहरीको कमाण्ड सम्हालेका थिए । सशस्त्र प्रहरीमा आईजीको पदावधि ४ वर्ष हुने व्यवस्था छ । २०५४ चैत १८ मा इन्स्पेक्टरबाट नेपाल प्रहरीमा प्रवेश गरेका अर्याल सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएका थिए ।
मन्त्रिपरिषद्ले १९ गतेदेखि लागु हुनेगरी नारायणदत्त पौडेललाई सशस्त्र प्रहरी बलको आईजी नियुक्त गरिसकेको छ । नवनियुक्त आईजी पौडेल पनि अर्यालकै ब्याचमेट हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij