Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

लिपुलेक र नाथुला नाका हुँदै कैलाश मानसरोवर यात्रा खुला, अनलाइन आवेदन दिन सकिने

लिपुलेक र नाथुला नाका हुँदै कैलाश मानसरोवर यात्रा खुला, अनलाइन आवेदन दिन सकिने


  • 316
    Shares

    लिपुलेक र नाथुला नाका हुँदै कैलाश मानसरोवर यात्रा खुला, अनलाइन आवेदन दिन सकिने

    काठमाडौं । भारतको विदेश मन्त्रालयले सन् २०२६ को कैलाश मानसरोवर यात्राको घोषणा गरेको छ । चीन सरकारसँगको समन्वयमा भारतले आगामी जुनदेखि अगस्ट महिनासम्म उक्त धार्मिक यात्रा सञ्चालन गर्न लागेको हो ।

    यस वर्षको यात्राका लागि दुईवटा मार्ग तय गरिएका छन् । उत्तराखण्ड राज्यको लिपुलेक भञ्ज्याङ हुँदै ५० जनाको दरले १० वटा समूह र सिक्किम राज्यको नाथुला भञ्ज्याङ हुँदै ५० जनाकै दरले थप १० वटा समूह मानसरोवर जानेछन् । यसरी यो वर्ष दुई फरक नाकाबाट कुल एक हजार तीर्थयात्रीले कैलाश मानसरोवरको दर्शन गर्ने भएका छन् ।

    यात्रामा सहभागी हुन चाहनेका लागि ‘kmy.gov.in’ वेबसाइटमार्फत अनलाइन आवेदन खुला गरिएको छ । तीर्थयात्रीको छनोट पूर्ण रूपमा कम्प्युटर प्रणालीबाट, निष्पक्ष, र्यान्डम र लैङ्गिक सन्तुलन मिलाएर गरिने भारतीय विदेश मन्त्रालयले जनाएको छ । 

    आवेदनदेखि छनोटसम्मको सम्पूर्ण प्रक्रिया अनलाइनबाटै हुने भएकाले जानकारी लिन वा आवेदन दिन कुनै पनि चिठीपत्र वा फ्याक्स पठाइरहनु नपर्ने स्पष्ट पारिएको छ । आवश्यक जानकारी लिन वा सुझाव दिन वेबसाइटमै रहेको फिडब्याक विकल्प प्रयोग गर्न सकिनेछ ।

    आवेदकहरूले आफ्नो प्राथमिकताअनुसार दुवै मार्ग वा कुनै एउटा मात्र मार्ग छनोट गरेर फारम भर्न सक्नेछन् । मन्त्रालयका अनुसार अनलाइन आवेदन दर्ता गर्ने अन्तिम मिति आगामी मे १९ ९२०२६० सम्म तोकिएको छ ।

    685586317_1483976309841590_7062187029188185762_n_PGt5CBPzkt.jpg

     

    images
    प्रकाशित मिति :बैशाख १८ २०८३ शुक्रवार - १३:१६:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij