Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

मेरो माइक्रोफाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

मेरो माइक्रोफाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन


  • 9.3K
    Shares

    • images
    मेरो माइक्रोफाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन
    images

    काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन शुक्रवार बैंकिङ् समयसम्म रहेको छ ।

    बैंकले कम्पनीको ६१ हजार २७८ कित्ता संस्थापक शेयर गत वैशाख ३१ गतेदेखि लिलामीमा ल्याएको हो । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. ६२६ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

    शेयर खरीदको लागि आवेदकले न्यूनतम १०० कित्ताको लागि आवेदन दिन सक्नेछन् भने अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन पाउने कम्पनीले बताएको छ । विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

    प्रकाशित मिति :जेठ १४ २०७८ शुक्रवार - १२:०५:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij