Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

रोल्पा जिप दुर्घटनामा मृत्यु भएका ४ जनाको पहिचान खुल्यो

रोल्पा जिप दुर्घटनामा मृत्यु भएका ४ जनाको पहिचान खुल्यो


  • 722
    Shares

    रोल्पा जिप दुर्घटनामा मृत्यु भएका ४ जनाको पहिचान खुल्यो

    काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका-१ मा भएको जिप दुर्घटनामा परेर मृत्यु भएका ४ जनाको पहिचान भएको छ । बिहीबार रुकुमपुर्वबाट थवाङ गाउँपालिका स्थित जलजला जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा २० जनाले ज्यान गुमाएका थिए । 

    मृत्यु हुनेमा १२ जना महिला, ४ जना पुरुष र ४ जना बालक छन् । तीमध्ये चारजनाको पहिचान खुलेको लुम्बिनी प्रदेशका डीआईजी भुपेन्द्र खत्रीले बताएका छन् ।

    अहिलेसम्म घोराही नगरपालिका-१२ गुर्जे घर भएकी धनमाया विष्ट, घोराही–१५ रतपनुरका तिला जिसी, ठेगाना नखुलेका युवा बुढाथोकी र एसिला घर्तीको पहिचान खुलेको छ । आफन्तको सहयोगमा पहिचान खुलाउने प्रयास भइरहेको डीआईजी खत्रीले बताएका छन् । 

     

    images
    प्रकाशित मिति :बैशाख १८ २०८३ शुक्रवार - १०:२२:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij