Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

सहरका तारका गुजुल्टा हट्ने: विद्युत् प्राधिकरणको डिजिटल पूर्वाधार कम्पनी सञ्चालनमा

सहरका तारका गुजुल्टा हट्ने: विद्युत् प्राधिकरणको डिजिटल पूर्वाधार कम्पनी सञ्चालनमा


  • 456
    Shares

    सहरका तारका गुजुल्टा हट्ने: विद्युत् प्राधिकरणको डिजिटल पूर्वाधार कम्पनी सञ्चालनमा

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सहायक ‘नेपाल डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा आएको छ । मुलुकको सूचना प्रविधि र दूरसञ्चार क्षेत्रमा आमूल परिवर्तन ल्याउने उद्देश्यका साथ प्राधिकरणले सहायक कम्पनी सञ्चालनमा ल्याएको हो ।

    गुणस्तरीय र भरपर्दो इन्टरनेट सेवा, दूरसञ्चार तथा सूचना प्रविधि क्षेत्रको मेरुदण्ड बन्ने लक्ष्यका साथ यो कम्पनीले आफ्नो कार्य आरम्भ गरेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिएका छन् ।

    शाक्यले भने, ‘पूर्वाधार साझा गर्ने अवधारणामा आधारित यो कम्पनीले सहरी सुन्दरता बढाउन, दुर्गम क्षेत्रमा इन्टरनेटको पहुँच विस्तार गर्न र सूचना प्रविधि प्रणालीको एकीकृत विकासमा महत्त्वपूर्ण भूमिका खेल्नेछ’।

    यस कम्पनीले इन्टरनेट सेवा प्रदायकहरूलाई ‘प्लग-एण्ड-प्ले’ मोडलमा पूर्वाधार उपलब्ध गराउनेछ । यसो हुँदा सेवा प्रदायकहरूले आफ्नै पोल गाड्ने वा तार टाँग्ने झन्झट गर्नु नपर्ने शाक्यको भनाइ छ ।

    प्राधिकरणको पूर्वाधार प्रयोग गर्दा सेवा प्रदायकहरूको पूँजीगत खर्च उल्लेख्य रूपमा घट्ने र त्यसको प्रत्यक्ष लाभ उपभोक्ताले सस्तो इन्टरनेटको रूपमा पाउने अपेक्षा गरिएको छ ।

    त्यसैगरी कम्पनीले प्राधिकरणसँग रहेका अप्टिकल फाइबर, भूमिगत डक्ट, पोललाई ‘प्यासिभ एसेट्स’ का रूपमा भाडामा उपलब्ध गराउनेछ । काठमाडौं उपत्यकाको मुख्य समस्याका रूपमा रहेको तारको गुजुल्टो हटाउन कम्पनीले प्राथमिकताका साथ काम गर्ने पनि प्राधिकरणले जनाएको छ ।

     

    images
    प्रकाशित मिति :बैशाख १७ २०८३ बिहिवार - १७:४९:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij