२०८३ बैशाख १७ गते बिहिवार
काठमाडौं । महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर भएको तीन वटा रिटको बिहीबार सुनुवाइका लागि पेसी तोकिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
अधिवक्ताहरू माधवकुमार बस्नेत, दीपकराज जोशीसहित ४ जना र शिवराज बरालले महान्यायाधिवक्ताको योग्यता माथि प्रश्न उठाउँदै रिट दायर गरेका थिए ।
यसअघि अधिवक्ता माधवकुमार बस्नेतले पेस भएको रिट सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो । प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन०ले कँडेललाई २०८२ चैत २२ गते महान्यायाधिवक्तामा नियुक्त गरेका थिए । रिटमा कडेलको संवैधानिक योग्यतामाथि प्रश्न उठाइएको छ ।
मुद्दाको अन्तिम टुङ्गो नलागुन्जेल डा. कँडेललाई महान्यायाधिवक्ताको हैसियतमा कुनै काम नगर्नुरनगराउनु भनी अन्तरिम आदेश समेत माग गरिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij