Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

आज पनि सुन चाँदीको मूल्यमा गिरावट

आज पनि सुन चाँदीको मूल्यमा गिरावट


  • 568
    Shares

    आज पनि सुन चाँदीको मूल्यमा गिरावट

    काठमाडौं । साताको पाचौ कारोबारको दिन बिहीबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १८०० रुपैयाँले घटेको छ।

    महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार ७०० रुपैयाँ कायम भएको छ। यसअघि बुधबार सुन प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। 

    त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५० हजार ९४५ रुपैयाँ तोकिएको छ, जुन अघिल्लो दिन २ लाख ५२ हजार ४८५ रुपैयाँ रहेको थियो।

    सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। बुधबार प्रतितोला ४ हजार ९१५ रुपैयाँमा कारोबार भएको चाँदी आज १०५ रुपैयाँले घटेर ४ हजार ८१० रुपैयाँ कायम भएको छ।

    आज १० ग्राम चाँदीको मूल्य ४ हजार १२४ रुपैयाँ रहेको छ। हिजो १० ग्राम चाँदी ४ हजार २१४ रुपैयाँमा खरिदबिक्री भएको थियो।  

    images
    प्रकाशित मिति :बैशाख १७ २०८३ बिहिवार - १०:५८:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij