Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

स्ट्याण्डर्ड चार्टर्डको नाफा २ अर्ब ८ करोड, प्रतिसेयर आम्दानी कति ?

स्ट्याण्डर्ड चार्टर्डको नाफा २ अर्ब ८ करोड, प्रतिसेयर आम्दानी कति ?


  • 1.6K
    Shares

    स्ट्याण्डर्ड चार्टर्डको नाफा २ अर्ब ८ करोड, प्रतिसेयर आम्दानी कति ?
    images

    काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्ष २०८२\८३ को तेस्रो त्रैमास (साउन-चैत) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले २ अर्ब ८ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ।

    बैंकले २ अर्ब ८ करोड १६ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्मको तुलनामा ४.२३ प्रतिशतले कम हो। गत आवको सोही अवधिमा बैंकको खुद नाफा २ अर्ब १३ करोड ३७ लाख ७६ हजार रुपैयाँ रहेको थियो।

    बैंकको खुद फि तथा कमिसन आम्दानीमा ५.४१ प्रतिशतको बढोत्तरी आएको छ। योसँगै ९ महिनामा बैंकले १ अर्ब १० करोड २ लाख रुपैयाँ बढी कमिसन आम्दानी गरेको छ। बैंकको सञ्चालन नाफा समीक्षा अवधिमा २ अर्ब ९७ करोड १४ लाख रुपैयाँ कायम भएको छ।

    बैंकले कुल ५ अर्ब ४९ करोड ६६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत आवको सोही अवधिको तुलनामा बैंकको ब्याज आम्दानी १०.३३ प्रतिशतले घटेको छ। हाल बैंकको चुक्ता पुँजी १० अर्ब २ करोड ३६ लाख रुपैयाँ छ। बैंकले जगेडा कोषमा १० अर्ब ५५ करोड ४३ लाख रुपैयाँ राखेको छ।

    बैंकको वितरणयोग्य नाफा १ अर्ब ३५ करोड ४७ लाख रुपैयाँ धनात्मक छ। यसका आधारमा बैंकले १७.६९ प्रतिशत लाभांश दिन सक्ने सामर्थ्य बनाएको छ। बैंकको खराब कर्जा सुधारिएर ०.८१ प्रतिशतमा झरेको छ। हाल बैंकको प्रतिसेयर आम्दानी २७.६४ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १८८.५९ रुपैयाँ कायम भएको छ।  

    प्रकाशित मिति :बैशाख १६ २०८३ बुधवार - १५:४१:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij