Logo

२०८३ बैशाख १६ गते बुधवार

२०८३ बैशाख १६ गते बुधवार

रास्वपा सांसदलाई रवि लामिछानेको निर्देशन, ‘माननीय’ सम्बोधन नगर्नू

रास्वपा सांसदलाई रवि लामिछानेको निर्देशन, ‘माननीय’ सम्बोधन नगर्नू


  • 505
    Shares

    रास्वपा सांसदलाई रवि लामिछानेको निर्देशन, ‘माननीय’ सम्बोधन नगर्नू

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कुनै पनि कागजातमा माननीय सम्बोधन नगर्न सांसदलाई निर्देशन दिएका छन्। बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएका अनौपचारिक छलफलमा सभापति लामिछानेले सांसदलाई निर्देशन दिएका हुन्। 

    उनले सबै सांसदको लेटर हेड र कार्ड लगायतको कागजातमा एक रूपता अपनाउन र आफ्नो कुनै कागजातमा माननीय सम्बोधन नगर्न निर्देशन दिएका छन्। 

    लामिछानेले सांसदलाई मेन्टर र सल्लाहकारको अभ्यास गर्न र सके जति सल्लाह र सुझाव लिन सुझाएका छन्। आगामी निर्वाचनमा उपयुक्त उम्मेदवार चयन र निर्वाचन पूर्व प्रशिक्षणको लागि वैशाख २० देखि ‘क्यान्डिडेट क्लब’को अभ्यास गर्न लागिएको उनले बताएका छन्। 

     

    images
    प्रकाशित मिति :बैशाख १६ २०८३ बुधवार - १२:४३:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij