२०८३ बैशाख १६ गते बुधवार
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही गएका छन् । २१ फागुनमा सम्पन्न निर्वाचनपछि उनी पहिलोपटक सर्लाही गएका हुन् ।
सभापति थापाको सचिवालयले निर्वाचनपछि पहिलो पटक सर्लाही आएको जनाएको छ । सचिवालय सदस्य शंकर कुइँकेलका अनुसार सभापति थापा सर्लाही-४ मा कांग्रेसको ‘जरा अभियान’ मा सहभागी हुने कार्यक्रम छ ।
सभापति थापाले सर्लाही-४ का मतदाताहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम पनि छ । उनी बिहीबार काठमाडौं फर्कने बताइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij