Logo

२०८३ बैशाख १६ गते बुधवार

२०८३ बैशाख १६ गते बुधवार

बैंकबाट पैसा निकाल्न जब दिदीको कंकाल बोकेर पुगे भाइ

बैंकबाट पैसा निकाल्न जब दिदीको कंकाल बोकेर पुगे भाइ


  • 365
    Shares

    बैंकबाट पैसा निकाल्न जब दिदीको कंकाल बोकेर पुगे भाइ

    काठमाडौं । भारतको ओडिशा राज्यको केओन्झार जिल्लास्थित एक बैंकका कर्मचारी र ग्राहकहरू सोमबार दिउँसो तब स्तब्ध भए, जब ५२ वर्षीय जीतू मुण्डा आफ्नो काँधमा मानव कंकाल बोकेर बैंकभित्र प्रवेश गरे । यो ‘ओडिशा ग्रामीण बैंक’को मल्लीपोशी शाखामा घटेको घटना हो ।

    जीतू मुण्डा पाटना ब्लकको दियानाली गाउँका बासिन्दा हुन् । उनी आफ्नी ५६ वर्षीया दिवंगत दिदी कलरा मुण्डाको बैंक खातामा रहेको १९ हजार ३०० रुपैयाँ झिक्न चाहन्थे ।

    दिवंगत कलरा पति र छोराको मृत्युपछि कलरा माइतीघर फर्केकी थिइन् । र, ज्याला मजदुरी गरेर जीवन बिताइरहेकी थिइन् । उनले केही समयअघि एउटा बाच्छो बेचेर उक्त रकम बैंकमा जम्मा गरेकी थिइन् । दुई महिनाअघि कलराको मृत्यु भयो । त्यसपछि सो रकम झिक्न जीतू पटक–पटक बैंक पुगेका थिए ।

    जीतूका अनुसार, उनले बैंक म्यानेजरलाई दिदीको मृत्यु भइसकेको कुरा पटक–पटक बुझाउन खोजेका थिए । तर, म्यानेजरले कि त खातावाला व्यक्तिलाई नै उपस्थित गराउन वा मृत्युदर्ता र कानुनी उत्तराधिकारीको प्रमाणपत्र पेस गर्न जिद्दी गरे ।

    “म्यानेजरले मेरो कुरा सुन्नै अस्वीकार गरे र प्रमाण मागे । निराश भएर मैले प्रमाण देखाउनकै लागि दिदीको कंकाल खनेर ल्याएँ,” जीतूले बताए ।जीतू तीन किलोमिटर पैदल हिँडेर गाउँको मसानघाट पुगे । बहिनीको अस्थिपञ्जर बाहिर निकाले र जुटको बोरामा राखेर काँधमा बोकेर चर्को घाममा बैंक पुगेका थिए ।

    बैंक म्यानेजर सुशान्तकुमार सेठीका अनुसार, जीतूले सुरुमा आफ्नी दिदी पक्षाघात भएर आउन नसक्ने बताएका थिए । पछि म्यानेजरले घरमै आउने कुरा गरेपछि मात्र जीतूले उनको मृत्यु भइसकेको बताए । म्यानेजरका अनुसार, कलराका अन्य दुई हकदारहरूले पनि पैसा दाबी गरेकाले कानुनी कागजात मागिएको थियो ।

    यस घटनाले प्रशासनमा ठूलो हलचल पैदा गरेको छ । अप्रिल २८ मा अनुसन्धानपछि जीतू र अन्य दुई हकदारलाई खातामा रहेको १९ हजार ४१० रुपैयाँ हस्तान्तरण गरियो ।

    जिल्ला प्रशासनले यस घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै जीतू मुण्डालाई ‘डिस्ट्रिक्ट रेडक्रस फन्ड’ बाट ३० हजार रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ । प्रशासनले उनलाई तुरुन्तै मृत्युदर्ता र कानुनी उत्तराधिकारीको प्रमाणपत्र पनि जारी गरिदिएको छ ।

    ओडिशाका राजस्व मन्त्री सुरेश पुजारीले यसलाई अत्यन्तै दुखद घटना भन्दै बैंक म्यानेजरको व्यवहारमाथि अनुसन्धान गरी कडा कारबाही गरिने बताएको छ ।

    images
    प्रकाशित मिति :बैशाख १६ २०८३ बुधवार - ०८:४६:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij