Logo

२०८३ बैशाख १४ गते सोमवार

२०८३ बैशाख १४ गते सोमवार

डोनाल्ड ट्रम्प र उच्च अधिकारीलाई लक्षित गरेर गाेली प्रहार भएको आशंका

डोनाल्ड ट्रम्प र उच्च अधिकारीलाई लक्षित गरेर गाेली प्रहार भएको आशंका


  • 218
    Shares

    डोनाल्ड ट्रम्प र उच्च अधिकारीलाई लक्षित गरेर गाेली प्रहार भएको आशंका

    काठमाडौं । करेस्पोन्डेन्ट्स डिनरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका प्रशासनका उच्च अधिकारीहरूलाई लक्षित गरेर गोली प्रहार भएको अमेरिकी अधिकारीहरूले बताएका छन् । शनिबार राति वाशिङ्टनस्थित वासिङ्टन डीसी हिल्टन होटलमा ह्वाइट हाउसको करेस्पोन्डेन्ट्स डिनर समारोहको बिचमा गोली प्रहार भएको थियो ।

    अभियुक्त ३१ वर्षीय कोल टोमस एलनलाई प्रहरीले पक्राउ गरेको छ । उनले कार्यक्रम स्थल नजिकैको सुरक्षा जाँच बिन्दुमा गोली चलाएको आरोप छ ।

    कार्यवाहक महान्यायाधिवक्ता टोड ब्लान्चका अनुसार प्रारम्भिक अनुसन्धानले राष्ट्रपति र उनका सहयोगीहरू नै सम्भावित लक्ष्य रहेको सङ्केत गरेको छ।

    यस घटनाको अनुसन्धान सङ्घीय अनुसन्धान विभागको आपराधिक तथा आतंकवादसम्बन्धी विभागले गरिरहेको छ । घटना भएपछि सुरक्षाकर्मीहरूले ट्रम्पलाई तुरुन्तै सुरक्षित स्थानमा लगेका थिए । 

     

    images
    प्रकाशित मिति :बैशाख १४ २०८३ सोमवार - ११:१६:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij