Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

वीपी राजमार्गमा अलपत्र ६२७ यात्रुको उद्धार, ८ स्थानबाट डाइभर्सन बनाउन सुरु

वीपी राजमार्गमा अलपत्र ६२७ यात्रुको उद्धार, ८ स्थानबाट डाइभर्सन बनाउन सुरु


  • 750
    Shares

    वीपी राजमार्गमा अलपत्र ६२७ यात्रुको उद्धार, ८ स्थानबाट डाइभर्सन बनाउन सुरु

    काठमाडौं  । वर्षाका कारण वीपी राजमार्ग अवरुद्ध हुँदा अलपत्र परेका ६ सय २७ यात्रुको उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले वर्षाका कारण शनिबार साँझदेखि वीपी राजमार्ग अन्तर्गत मंगलटारमा अलपत्र परेका यात्रुको आइतबार उद्धार गरेको हो ।

    बाढीले डाइभर्सन बगाएका कारण मंगलटारमा रोकिएका सवारी साधनहरू काठमाडौँ र सिन्धुलीतर्फ जान सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ ।

    डाइर्भसन बगाएर अलपत्र परेका सवारी साधनलाई डाइभर्सन बनेपछि गन्तव्यतर्फ पठाइने प्रहरीले जनाएको छ । रोशी ९ मंगलटारमा रोकिएका करिब ८० सवारीका यात्रुलाई उद्धार गरिए पनि त्यसका सवारीचालक र सह चालक गरेर १२५ जना आफ्ना सवारी कुरेर बसेको प्रहरीले जानकारी दिएको छ ।

    वीपी राजमार्गको रोशी खोलामा फसेका यात्रुहरूलाई स्थानीय होटल पसल ब्यवसायी तथा नेपाल प्रहरीको सहयोगमा भकुण्डेमा फलफूल,  चाउचाउ,  फ्रुटी, पानी वितरण समेत गरिएको छ ।

    वर्षा कम भएसँगै बाढीले बगाएको डाइभर्सन बनाउने काम सुरु भएको रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाका अनुसार रोशी खोलाले बगाएका चौकीडाँडा, घुमाउने, नार्के, चिउरीबास, कालढुंगा, डालाबेंशी, बुलढुंगा तथा माम्तीमा गरि आठ स्थानबाट डाइभर्सन बनाउन सुरु भएको छ ।

     

     

     

    images
    प्रकाशित मिति :बैशाख १३ २०८३ आइतवार - १४:५८:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij