Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

आफ्नै बुवाको हत्याको आरोपमा २४ वर्षका युवक पक्राउ

आफ्नै बुवाको हत्याको आरोपमा २४ वर्षका युवक पक्राउ


  • 848
    Shares

    आफ्नै बुवाको हत्याको आरोपमा २४ वर्षका युवक पक्राउ
    images

    काठमाडौं । बुवाको हत्या गरेको आरोपमा प्रहरीले रुपन्देहीबाट एक युवकलाई पक्राउ गरेको छ। आफ्नै बुबा ५८ वर्षीय जङ्गबहादुर थारूको हत्या गरेको अभियोगमा कञ्चन गाउँपालिका-४ बेलडाँडा बस्ने २४ वर्षीय सुनिल थारू पक्राउ परेका हुन्। 

    सुनिलले कुटपिट गर्दा गम्भीर घाइते भएका जङ्गबहादुरको पिपरा अस्पताल कपिलबस्तुमा उपचारको क्रममा मृत्यु भएको हो। 

    खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रूद्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ। हत्याको कारण नखुलेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

     

    प्रकाशित मिति :बैशाख १३ २०८३ आइतवार - १५:१३:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij