Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

सुकुमवासीको स्क्रिनिङ र स्वास्थ्य जाँच तीव्र, वास्तविक पहिचान गरी आवासको व्यवस्था गरिँदै

सुकुमवासीको स्क्रिनिङ र स्वास्थ्य जाँच तीव्र, वास्तविक पहिचान गरी आवासको व्यवस्था गरिँदै


  • 652
    Shares

    सुकुमवासीको स्क्रिनिङ र स्वास्थ्य जाँच तीव्र, वास्तविक पहिचान गरी आवासको व्यवस्था गरिँदै

    काठमाडौं । सरकारले उपत्यकाका विभिन्न अव्यवस्थित बस्ती हटाएसँगै भूमिहीन एवं सुकुमवासीहरूको स्क्रिनिङ गरिरहेको छ । शनिबार बिहानबाट नदी किनारमा रहेका सुकुमवासी बस्ती खाली गराइएको हो । 

    यस क्रममा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा डेस्क स्थापना गरी सरकारले वास्तविक सुकुमवासीको पहिचान गरिरहेको छ । रंगशाला पुगेका सुकुमवासीहरूलाई शारीरिक र मानसिक स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ ।

    काठमाडौं महानगरपालिकाले स्वास्थ्यकर्मीको टोली परिचालन गरेर स्वास्थ्य जाँच गरिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

    अहिलेसम्ममा कम रक्तचाप भएका ४ जना पुरुष २ जना महिला गरी ६ जना, ढाड तथा जोर्नी दुखाइ भएका २ जना पुरुष, टाउको दुखाइ भएका १८ जना पुरुष र ६ जना महिला, गर्भवती २ जना, काटेर चोटपटक लागेका १ जना र विभिन्न अरु समस्या भएका १२ जनालाई सेवा प्रदान गरिएको छ ।

    यस्तै मनोसामाजिक परामर्शका लागि वहुविवाह गर्ने, पिता नभएका महिला, विद्यालय उमेरका बालबालिका, रोजगारीमा भएका अभिभावकहरुले आफूलाई परेको मानसिक समस्याका विषयमा परामर्श लिएका छन् ।   

     

    images
    प्रकाशित मिति :बैशाख १३ २०८३ आइतवार - १३:५२:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij