Logo

२०८३ बैशाख ११ गते शुक्रवार

२०८३ बैशाख ११ गते शुक्रवार

सुधन गुरुङको कारोबार विवरण प्रकरण: नबिल बैंकले भन्यो, "हामी ग्राहकको गोपनीयतामा प्रतिबद्ध छौँ"

सुधन गुरुङको कारोबार विवरण प्रकरण: नबिल बैंकले भन्यो, "हामी ग्राहकको गोपनीयतामा प्रतिबद्ध छौँ"


  • 561
    Shares

    सुधन गुरुङको कारोबार विवरण प्रकरण: नबिल बैंकले भन्यो, "हामी ग्राहकको गोपनीयतामा प्रतिबद्ध छौँ"

    काठमाडौं । नबिल बैंकले आफ्ना ग्राहकको गोप्य सूचना र कारोबार विवरण सार्वजनिक गरेको भन्दै सामाजिक सञ्जालमा भइरहेको प्रचारप्रसारप्रति गम्भीर आपत्ति जनाएको छ। 

    बैंकले एक प्रेस विज्ञप्ति जारी गर्दै केही दिनयता फैलाइएका यस्ता सूचनाहरू पूर्ण रूपमा आधारहीन, प्रमाणविहीन र भ्रामक रहेको भन्दै त्यसको खण्डन गरेको हो।

    विशेष गरी २०८३ वैशाख ९ गते कान्तिपुर दैनिकमा गृहमन्त्री सुधन गुरुङको बैंकिङ कारोबारका विषयमा प्रकाशित समाचारलाई लिएर बैंकमाथि प्रहार भएपछि नबिलले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो। सम्बन्धित समाचारमा कान्तिपुर दैनिकले नै स्पष्ट रूपमा अनुसन्धानरत निकायबाट प्राप्त गरेका विवरण भनी स्रोत खुलाएको अवस्थामा बैंकलाई मात्रै निशाना बनाउनु नियोजित दुष्प्रचार भएको बैंकको ठहर छ।

    बैंकले कुनै पनि ग्राहकको विवरण ग्राहक स्वयं वा कानुनी प्रक्रिया पुर्‍याएर आउने अनुसन्धानकारी निकायबाहेक अन्य कसैलाई पनि उपलब्ध नगराउने स्पष्ट पारेको छ। यदि कसैले विवरण लिएको खण्डमा कुन कर्मचारीले कुन मितिमा र कुन प्रयोजनका लागि सिस्टमबाट विवरण निकालेको हो भन्ने कुरा बैंकको कोर बैंकिङ सिस्टममा सुरक्षित रहने जानकारी दिँदै बैंकले आफ्नो आन्तरिक सुशासन र गोपनीयता कायम राख्ने नीतिमा कुनै सम्झौता नहुने दोहोर्‍याएको छ।

    चार दशक लामो इतिहास बोकेको नबिल बैंकले प्रचलित कानुन र बैंकिङ नैतिकताको उच्चतम पालना गर्दै आएको दाबी गरेको छ। सूचनाको स्रोत नै अर्कै भएको समाचारलाई बङ्ग्याएर बैंकको छवि धमिल्याउन खोज्ने व्यक्ति वा समूहमाथि विद्युतीय कारोबार ऐन, २०६३ र अन्य प्रचलित कानुनअनुसार कानुनी कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी समेत बैंकले दिएको छ। 

     

    images
    प्रकाशित मिति :बैशाख ११ २०८३ शुक्रवार - १६:२४:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij