Logo

२०८३ बैशाख ११ गते शुक्रवार

२०८३ बैशाख ११ गते शुक्रवार

एकैदिन तोलामा २२ सय रूपैयाँ घट्यो सुनको भाउ

एकैदिन तोलामा २२ सय रूपैयाँ घट्यो सुनको भाउ


  • 484
    Shares

    एकैदिन तोलामा २२ सय रूपैयाँ घट्यो सुनको भाउ

    काठमाडौं  । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार २०० रुपैयाँले घटेको छ ।

    महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँ तोकेको छ । हिजो बिहीबार सुन प्रतितोला २ लाख ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

    सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ । आज चाँदी प्रतितोला ७५ रुपैयाँले घटेर ४ हजार ९४५ रुपैयाँ कायम भएको छ । हिजो चाँदीको मूल्य प्रतितोला ५ हजार २० रुपैयाँ रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको गिरावटसँगै नेपाली बजारमा पनि त्यसको प्रभाव देखिएको महासंघले जनाएको छ ।

    images
    प्रकाशित मिति :बैशाख ११ २०८३ शुक्रवार - ११:१३:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij