Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

महान्यायाधिवक्ता कँडेलको योग्यतासम्बन्धी रिटमा कारण देखाउ आदेश जारी

महान्यायाधिवक्ता कँडेलको योग्यतासम्बन्धी रिटमा कारण देखाउ आदेश जारी


  • 1.8K
    Shares

    महान्यायाधिवक्ता कँडेलको योग्यतासम्बन्धी रिटमा कारण देखाउ आदेश जारी
    images

    काठमाडौं । सर्वोच्च अदालतले महान्यायाधिवक्ता डा।नारायणदत्त कँडेलको योग्यता सम्बन्धी रिटमा सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफलमा झिकाउने आदेश जारी गरेको हो ।

    अधिवक्ताहरु माधवकुमार बस्नेत, दीपकराज जोशीसहित ४ जना र शिराज बरालले महान्यायाधिवक्ताको योग्यता माथि प्रश्न उठाउँदै बुधबार रिट दर्ता गरेका थिए । प्रधानमन्त्री बालेन्द्र शाहले कडेललाई गत चैत २२ गते महान्यायाधिवक्तामा नियुक्त गरेका थिए । रिटमा कडेलको संवैधानिक योग्यतामाथि प्रश्न उठाइएको छ ।

    निवेदकहरूले डा। नारायणदत्त कँडेलको योग्यता नेपालको संविधानको धारा १५७ ९३० र १२९९५० बमोजिम नपुगेको दाबी गरेका छन् । साथै, मुद्दाको अन्तिम टुङ्गो नलागुन्जेल डा।कँडेललाई महान्यायाधिवक्ताको हैसियतमा कुनै काम नगर्नु-नगराउनु भनी अन्तरिम आदेश समेत माग गरिएको छ ।  

     

    प्रकाशित मिति :बैशाख १० २०८३ बिहिवार - १७:५७:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij