२०८३ बैशाख ९ गते बुधवार
काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सको नौसेनाले होर्मुज जलमार्गमा एउटा कन्टेनर पानीजहाजमाथि आक्रमण गरेको छ ।
युके म्यारिटाइम ट्रेड अपरेसन एजेन्सीले बुधबार रिपोर्ट गरेअनुसार, उक्त घटना ओमानको उत्तर–पूर्वतर्फ १५ नटिकल माइल (लगभग २८ किमि)को दूरीमा भएको हो ।
युके म्यारिटाइम ट्रेड अपरेसनका अनुसार, इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सको एउटा ‘गनबोट’ले उक्त जहाजमाथि आक्रमण गरेको र यसले ‘हाजको ब्रिज (कमान्ड सेन्टर)मा ठूलो क्षति पुर्याएको बताइएको छ ।
चालक दलका सदस्यहरू सुरक्षित रहेका र त्यहाँ कुनै आगलागी वा वातावरणीय खतरा नभएको बताइएको छ ।युके म्यारिटाइम ट्राफिक अर्गनाइजेसनले बुधबार बिहानै होर्मुज जलमार्गनजिकै एउटा कन्टेनर जहाजमाथि इरानी ‘गनसिप’ले आक्रमण गरेको थियो ।
सामुद्रिक प्राधिकरणले पनि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्ससँग सम्बन्धित एउटा गनबोट जहाजको नजिक आएको र यसले कुनै रेडियो चेतावनीबिनै जहाजमाथि गोलीबारी गरेको बताएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij