Logo

२०८३ बैशाख ९ गते बुधवार

२०८३ बैशाख ९ गते बुधवार

प्रलोपामा सुदन किरातीको ५ महिने यात्रा टुङ्गियो: साधारण सदस्यसमेत नरहने गरी दिए राजीनामा

प्रलोपामा सुदन किरातीको ५ महिने यात्रा टुङ्गियो: साधारण सदस्यसमेत नरहने गरी दिए राजीनामा


  • 260
    Shares

    प्रलोपामा सुदन किरातीको ५ महिने यात्रा टुङ्गियो: साधारण सदस्यसमेत नरहने गरी दिए राजीनामा

    काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता सुदन किरातीले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनाको घोषणा छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पार्टीसँगको करिब ५ महिना लामो यात्रा टुङ्ग्याएको घोषणा गरेका हुन् ।

    किरातीले यस अवधिमा मार्गदर्शन गर्ने नेताहरू, सहकार्य गर्ने साथीहरू र कर्मचारीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन् । उनले पार्टीमा बिताएको ५ महिनाको अनुभवलाई अमूल्य सम्पत्तिको रूपमा आत्मसाथ गरेको बताएका छन् ।

    फेसबुक स्टाटसमा उनले लेखेका छन्, संगठनसँगको औपचारिक सम्बन्ध अन्त्य भएपनि आगामी दिनहरूमा आपसी सम्मान, सद्भाव र मित्रवत सम्बन्ध यथावत् रहने विश्वास लिएको छु ।     

    पार्टी परित्याग गरे पनि राजनीतिबाट भने उनी टाढा नहुने उनले बताएका छन् । उनले जनसमुदायको भरोसा र सहिदको अधुरो सपनालाई आत्मसाथ गर्दै देश र जनताको सेवा तथा समाज रूपान्तरणको यात्रामा निरन्तर लागिरहने प्रतिबद्धता जनाएका छन् ।

     

    images
    प्रकाशित मिति :बैशाख ९ २०८३ बुधवार - ११:४७:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij