२०८३ बैशाख ९ गते बुधवार
काठमाडौं । प्रतिनिधिसभाका सदस्यहरूलाई कूटनीतिक राहदानी (रातो पासपोर्ट) सिफारिस गर्ने लगायतका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बसेको छ।
सभामुख डोलप्रसाद अर्यालको उपस्थितिमा प्रतिनिधि सभामा सहभागी सबै राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग यसबारे सघन छलफल भएको हो।
सिंहदरबारस्थित संसद सचिवालयको कानुन समितिको हलमा बिहान १० बजेदेखि बैठक जारी रहेको छ । बैठकमा सांसदहरूलाई कूटनीतिक राहदानी उपलब्ध गराउने मापदण्ड, सिफारिस प्रक्रिया र यससँग जोडिएका अन्य प्राविधिक तथा नीतिगत विषयमा केन्द्रित रहेर छलफल भइरहेको सचिवालयले जनाएको छ।
बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सत्तापक्ष र प्रतिपक्षका सबै दलका सचेतकहरूको उपस्थिति रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij