Logo

२०८३ बैशाख ८ गते मंगलवार

२०८३ बैशाख ८ गते मंगलवार

प्रतिनिधि सभाको बैठक हलभित्र फोटो खिच्न, अडियो र भिडियो रेकर्ड गर्न प्रतिबन्ध

प्रतिनिधि सभाको बैठक हलभित्र फोटो खिच्न, अडियो र भिडियो रेकर्ड गर्न प्रतिबन्ध

  • 568
    Shares

    प्रतिनिधि सभाको बैठक हलभित्र फोटो खिच्न, अडियो र भिडियो रेकर्ड गर्न प्रतिबन्ध

    काठमाडौं । प्रतिनिधि सभाको बैठकमा अबदेखि फोटो खिच्न तथा अडियो र भिडियो रेकर्ड गर्न नपाइने भएको छ । प्रतिनिधि सभा कार्यसञ्चालन नियमावलीको मस्यौदामा यस्तो व्यवस्था गरिएको हो ।

    नियमावलीको नियम २० मा यो व्यवस्था गरिएको छ । सो नियमको बैठकमा पालन गर्नुपर्ने नियम शीर्षकको उपनियम (ट)मा लेखिएको छ, ‘बैठक कक्षमा फोन साइलेन्ट अवस्थामा राख्नुपर्ने, फोनमा कुरा गर्न, फोटो खिच्ने तथा अडियो र भिडियो रेकर्ड गर्न नहुने ।’

    यसअघिको कार्यसञ्चालन नियमावलीमा यो व्यवस्था थिएन।

    images
    प्रकाशित मिति :बैशाख ८ २०८३ मंगलवार - १५:४७:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij