२०८३ बैशाख ८ गते मंगलवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डोलप्रसाद अर्याल (डीपी)को ठाउँमा कसैलाई पनि उपसभापति बनाएन ।
सोमबार बसेको केन्द्रीय समिति बैठकले वरिष्ठ नेता बालेन्द्र शाहका सहयोगी भूपदेव शाहलाई महामन्त्री बनाउँदा डीपी सभामुख बनेपछि रिक्त स्थानमा कसैलाई नलगिएको हो ।
डीपी अहिले प्रतिनिधि सभाको सभामुख बनेर पार्टीको जिम्मेवारीबाट अलग भइसकेका छन् । यस्तोमा तेस्रो वरीयतासमेत रहेको उपसभापति पद खाली छ।
उक्त पदबारेमा केन्द्रीय समिति बैठकले कुनै निर्णय नगरेको हो । त्यस पदबारेमा केन्द्रीय समिति बैठकमा केही नेताहरूले जिज्ञासा राखे नेतृत्वले टुङ्ग्याउन अनिच्छा देखाएको हो ।
बैठकले बालेननिकट नेता भूपदेवलाई महामन्त्री बनाउँदा सागर ढकाल र सरिताश्री ज्ञवालीलाई सचिवालय सदस्य पदमा मनोनीत गरेको छ।
तर पार्टीको तर्फबाट स्वर्णिम वाग्ले मात्रै उपसभापति भएको जानकारी पार्टीका प्रवक्ता मनिष झाले गराए । उपसभापति पद खाली हुँदा र भूपदेव महामन्त्रीमा मनोनीत हुँदा रास्वपा सचिवालयले पनि नयाँ स्वरुप लिएको छ।
यस्तो बन्यो सचिवालय
रवि लामिछाने- सभापति
स्वर्णिम वाग्ले- उप सभापति
कविन्द्र वुर्लाकोटी- महामन्त्री
भुपदेव साह- महामन्त्री
विपिन आचार्य- सहमहामन्त्री
लिमा अधिकारी- कोषाध्यक्ष
वसुमाया तामाङ- सह-कोषाध्यक्ष्य
मनिष झा- प्रवक्ता
गणेश पराजुली- सचिवालय सदस्य
दीपक बोहरा- सचिवालय सदस्य
विराजभक्त श्रेष्ठ- सचिवालय सदस्य
शिशिर खनाल- सचिवालय सदस्य
सोबिता गौतम- सचिवालय सदस्य
हरि ढकाल- सचिवालय सदस्य
सागर ढकाल- सचिवालय सदस्य
सरिताश्री ज्ञवाली- सचिवालय सदस्य
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij