Logo

२०८३ बैशाख ७ गते सोमवार

२०८३ बैशाख ७ गते सोमवार

जौको सातु र सर्वत खाएर मनाइँदै अक्षय तृतीया

जौको सातु र सर्वत खाएर मनाइँदै अक्षय तृतीया


  • 603
    Shares

    जौको सातु र सर्वत खाएर मनाइँदै अक्षय तृतीया

    काठमाडौं । आज अक्षय तृतीया जौको सातु र सर्वत खाएर देशभर मनाइँदैछ । राजधानीका विभिन्न चोक र सार्वजनिक स्थलहरूमा आज बटुवाहरूलाई सातु र सर्वत खुवाउने कार्यक्रमहरू भइरहेका छन् ।

    गुठी र परोपकारी संस्थाहरूले ठाउँ–ठाउँमा शिविर राखेर सेवा दिइरहेका छन् । विशेष गरी ज्येष्ठ नागरिक र बालबालिकालाई लक्षित गरी यो सेवा प्रदान गरिएको छ ।

    वैशाखको तातो घाममा सातु र सर्वतले शरीरलाई ऊर्जा र शितलता प्रदान गर्ने वैज्ञानिक कारण पनि छ । पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि विशेष पूजाहरू भइरहेका छन्।

    अक्षय तृतीयाको दिनलाई सृष्टिको शुरुवातको दिन पनि मानिन्छ । त्रेता युगको शुरुवात आजकै दिन भएको पौराणिक मान्यता छ । भक्तजनहरूले पशुपति क्षेत्रमा दान–पुण्यका कार्यहरू पनि गरिरहेका छन् । आजको दिन पशुपतिनाथको दर्शन गर्नाले अनन्त फल प्राप्त हुने जनविश्वास छ ।

    सनातन धर्मावलम्बीहरूकाअनुसार आजको दिन सुन वा चाँदीका गहना किन्दा घरमा बरकत र समृद्धि आउने विश्वास गरिन्छ । आजको दिनमा गरिएका सत्कर्महरू अक्षय रहने धार्मिक विश्वास छ । दुःखी र असहायलाई सातु, पानी र छाता दान गर्नु पुण्यदायी मानिन्छ । नयाँ व्यवसाय वा ठूला लगानी शुरुवात गर्न आजको दिन उत्तम मुहूर्त हो ।

    images
    प्रकाशित मिति :बैशाख ७ २०८३ सोमवार - १४:२०:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij