Logo

२०८३ बैशाख ७ गते सोमवार

२०८३ बैशाख ७ गते सोमवार

उदयपुरमा ह*त्या आरोपमा वृद्ध पक्राउ

उदयपुरमा ह*त्या आरोपमा वृद्ध पक्राउ


  • 610
    Shares

    उदयपुरमा ह*त्या आरोपमा वृद्ध पक्राउ

    काठमाडौं । उदयपुरमा हत्या आरोपमा एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–७, सीतापाइला टोलका ७३ वर्षीय रामप्रसाद राई छन् ।

    सोही ठाउँका ६४ वर्षीय माहाशेर राईको हत्या गरेको उनीमाथि आरोप छ । आइतबार (वैशाख ६) राति उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

    आपसी वादविवादका क्रममा रामप्रसादले चक्कु प्रहार गर्दा माहाशेर गम्भीर घाइते भएका थिए । नगर अस्पताल बेल्टारमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images
    प्रकाशित मिति :बैशाख ७ २०८३ सोमवार - १२:४८:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij